- नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
- नसम्झिनु है मलाई कुनै खुशियालीमा
- नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
- नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
- नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
- नखोज्नु है मलाई वरपिपलको छहारीमा
- नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
- नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

No comments:
Post a Comment